• कृतिका घलान,

तेमाल–काभ्रेको तेमाल गाउँपालिका वडा नं.५ पोखरी नारायणस्थानमा जनैपुर्णि(गोन्हे–ङ्ह्या) मा लाग्ने जात्रामेला यो पटक पनि रोक लगाईएको छ । यहाँस्थित सत्य नारायण मन्दिरका साथै केहि वर्ष अघि निर्मित स्वयम्भू,नमोबुद्ध,बौद्धमा लाग्ने मेला कोरोना भाइरस कोभिड –१९ को संक्रमणलाई मध्यनजर गर्दै तेमाल गाउँपालिकाले रोक लगाएको हो ।

पालिका अध्यक्ष सलाम सिं तामाङले मंगलबार सुचना जारी गर्दै विश्वव्यापी महामारीको ?पमा फैलिएको कोरोना भाईरसका कारण मेला,पर्व,जात्रा जस्ता भिडभाड हुने खालका कार्यह? नगराउने नेपाल सरकारको निर्णय अनुसार नारायणथानको जात्रा रोकिएको स्पष्ट पार्नुभएको छ । गत वर्ष पनि कोभिडकै कारण मेला रोकिएको थियो । यस वर्षको जनै पुर्णिमा भदौ ६ गते परेको छ ।

प्रत्येक वर्ष जनैपूर्णिमाको समय धार्मिक तथा पर्यटकीय दृष्टिकोणले प्रसिद्ध सत्य नारायण मन्दिर तथा यहाँको स्वयम्भू,नमोबुद्ध,बौद्धमा मेला भर्न तेमालका साथै रोशी,महाभारत,मण्डनदेउपुर,पाँचखालसम्मका हजारौं दर्शनार्थीह?को उपस्थिति रहने गर्दछ । मेलाको आकर्षण बोन्बोझाँक्रीको नाच र दर्शन हो भने लोप हुदै गएको मौलिक फापरे दोहोरी गीत गायन पनि हो ।

हिन्दुधर्मावलम्वीका साथै अन्य समेत सत्य नारायण मन्दिरमा मनले चिताको पुग्ने विश्वासका साथ दर्शन गर्न आउँछन् । पछिल्लो समय यहाँ निर्मित स्वयम्भू,नमोबुद्ध,बौद्धमा भने तामाङ समुदायले आफ्नो पितृको सम्झनामा बत्ति बाल्ने,छो चढाउने जस्ता धार्मिक कार्य गर्दछन् । तर कोभिडका कारण यो पटक पनि मेलाको रौनक नेदेखिने भएको छ ।

सूचना हेर्नुहोस् ।

तेमालको सत्यनारायण भग्वानको नाक भरियाले किन काट्यो ?यस्तो छ किंवदन्ती-

प्रतिक्रिया दिनुहोस !