• नमोबुद्ध संवाददाता,

काठमाडौं-जन सांस्कृतिक महासंघले भर्चुअल माध्यमबाट बृहत् प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । शनिबार आयोजित कार्यक्रमलाई प्रमुख अतिथि नेकपा एमालेका सचिव, पार्टी प्रवक्ता एवम् वरिष्ठ साहित्यकार प्रदीप ज्ञवालीले सम्बोधन गर्नुभएको थियो

सम्बोधनको क्रममा उहाँले पार्टीमा देखा परेका गम्भीर समस्या र त्यसले उत्पन्न गरेका तरङ्गहरू र आजको विषम परिस्थितिमा स्रष्टा–सर्जकहरूले खेल्नुपर्ने भूमिकाका बारेमा बोल्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता गर्दै पार्टी केन्द्रीय सदस्य खगेन्द्र राईले पार्टीको मार्गदर्शनलाई पालना गर्नु सबै सदस्यहरूको कर्तव्य रहेको बताउनुभयो । चाँडै भौतिकरूपमा बृहत् कार्यकर्ता भेला आयोजना गरिने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा साहित्यकार रमेश पोखरेल र सङ्गीतकर्मी किरण थापाको प्राविधिक सहयोग रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !