- नमोबुद्ध संवाददाता,
च्यासिंखर्क-काभ्रेको बेथानचोक गाउँपालिका वडा नं. ५, च्यासिंखर्क च्याल्टीमा शनिवार भएको निशुल्का आँखा शिविरले स्थानीय खुसी भएका छन् । आँखाको उपचार निशुल्क पाएपछि उनिहरु खुसी भएका हुन् ।
मरिनोल : फादर एण्ड ब्रदर कन्ट्री अफिसर नेपालको सहयोग, संरक्षण तथा विकास संस्था(सिडियो) नेपाल र बेथानचोक गाउँपालिकाको आयोजना तथा वडा नम्बर ५ वडा कार्यालयको समन्वयमा आत्मा विकास मावि च्याल्टीमा आँखा शिविर भएको हो ।
वडा अध्यक्ष खजेन्ची बहादुर लामाका अनुसार शिविरमा दुई सय १० जना स्थानीयबासिन्दाले आँखा परीक्षण गराएका छन् । परीक्षण गरेका मध्ये २० जना विरामीको अप्रेशन गर्नुपर्ने देखिएको वडा अध्यक्ष लामाले बताउनुभयो । त्यस्तै ५३ जनालाई चस्मा वितरण गरिएको छ भने २० जनाको मोतियाबिन्दु अप्रेशन गर्ने भएको छ ।
अप्रेशन गर्नुपर्नेहरुको समेत रेयुकाई मासुनाका आखाँ अस्पातल बनेपामा निशुल्क सेवा प्रदान हुने भएपनि स्थानीय उत्साहित भएको वडाध्यक्ष लामाले बताउनुभयो ।
सिडिओ नेपालका दीप सिंहले परीक्षणको क्रममा अप्रेशन गर्नुपर्नेहरु सबैको संस्थाले निशुल्का अप्रेशन गर्ने तयारीमा जुटीरहेको जानकारी दिनुभयो । उहाँका अनुसार आखा बिरामीहरुलाई गाउँदेखि बनेपास्थित अस्पतालसम्म आवतजावत गर्ने व्यवस्थापन समेत गरिनेछ । २० जना विरामीको बुधवार निशुल्क आँखा अप्रेशन गरिने उहाँले बताउनुभयो ।
सिडियो नेपालले एक दशक अघिदेखि विभिन्न जिल्लाको ग्रामीण भेगमा निशुल्का स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको छ ।