• नमोबुद्ध संवाददाता,

काठमाडौं-सञ्चारकर्मी सिङ्ग मोक्तानको पहिलो शब्द सिर्जना ‘म्हाला आङा’ भिडियोसहित सार्वजनिक भएको छ । दोहोरी शैलीको यो गीतको भिडियो शनिबार राष्ट्रिय नाँचघर जमलामा एक औपचारिक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो।

“लेखनको हिसाबले मेरो पहिलो गीत हो,बजारमा भने मेरो दोस्रो रचना ‘मायाला जोङ’ यसअघि नै जिग्मे मिडियाबाट सार्वजनिक भइसकेको छ ।” रचनाकार मोक्तान भन्नुहुन्छ-” म्हाला आङा गीत अलि बढी मनोरञ्जनात्मक देखिएपनि अन्तत: तामाङ संस्कृति प्रवर्द्धनका लागि सन्देशमूलक नै हो ।

गायक युनिक दोङ र गायिका जितु लोप्चनले स्वर रहेको गीतको भिडियोमा नायक कुमार मोक्तान,नायिका सीता थिङ र हाँस्यकलाकार गोकुल तामाङलाई फिचरांकन गराइएको छ ।

भिडियोको निर्देशन प्रतिक ङेसुरले गर्नुभएको हो भने सम्पादन, कलरिङ र छायांकन सूर्य लामाले गर्नुभएको हो । यो गीतको भिडियो सुपर सेलो युट्युब च्यानलमार्फत हेर्न सकिन्छ ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस !