• नमोबुद्ध संवाददाता,

काठमाडौं-कालिदेवि मिडिया हाउसको निर्माणमा भादगाउँ टेलिभिजनबाट प्रसारण हुदै आएको टेलिचलचित्र ‘भाग्य छोराको’ २५ औं भाग पुगेको उपलक्ष्यमा शनिबार रजत जयन्ती मनाएको छ ।

राष्ट्रिय नाचघर जमलको मिनिहलमा युवा तथा खेलकुदमन्त्री दावा लामाको प्रमुख आतिथ्यतामा साँस्कृतिक कार्यक्रम, सम्मानसाथ निर्माण टिमले रजत जयन्ती मनाएको हो ।

छ्युमे बत्ती प्रज्वलन तथा केक काटेर कार्यक्रमको औपचारिक सुरुवात गरेका प्रमुख अतिथि लामाले ‘भाग्य छोराको’ टेलिचलचित्र थप सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

लामा गुरुले मन्त्रोचारण गरेपछि केक काटेका प्रमुख अतिथि लामाले समुदायको पहिचान स्थापित गर्न कला सशक्त माध्यम रहेको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो-“मुलुकको यो परिवर्तनमा कलाकारहरुको पनि उत्तिकै योगदान छ,यिनै अनुकुल स्थितिमा हामीले हाम्रा संस्कृति र कला क्षेत्रको विकासलाई उचाईमा पुर्याउन आवश्यक छ ।”

कार्यक्रमको सुरुवातमै तामाङ जुवारी कलाकार संघको तामाङ डम्फूरे मौलिक गीतले सबैको ध्यान खिचेको थियो । जुन गीतमा प्रमुख अतिथि मन्त्री लामा डम्फु बजाउदै नाचेपछि माहोल रोचक बनेको थियो । आफैं पनि नाचेर उहाँले कार्यक्रममा उत्साह जगाउनुभएको हो ।

कार्यक्रम संयोजक ‘भाग्य छोराको’ टेलिचलचित्रका लेखक तथा निर्देशक विनायक तामाङले रजत जयन्ती मनाउन सक्नुमा दर्शक,सहयोगी महानुभावहरुको माया नै मुख्य पाटो रहेको बताउनुभयो । भाग्य छोराको टेलिचलचित्रको यात्रामा साथ दिने कलाकार, प्राविधिक, निर्माणका सहयोगी सबैको योगदानको उच्च कदर गरिएको उहाँको भनाई छ ।

कार्यक्रममा टेलिचलचित्रका कलाकारहरुदेखि सहयोगी सम्मलाई सम्मानपत्र, खादाद्वारा सम्मानका साथै मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा कलाकारहरु अमृत लामा,उत्तर संगुल,अमिर दोङ,विजय थोकर जस्ता चर्चित गायक गायिका,नायक-नायिका,मोडल,हाँस्य कलाकार, टेलिचलचित्रका कलाकारहरुको सहभागीता रहेको थियो भने केही कलाकारहरुको कला प्रस्तुति समेत थियो ।

प्रतिक्रिया दिनुहोस !