- अशोक बुद्ध लामा
काभ्रे–जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं २ भकुण्डेबेशीस्थित ग्रामीण पाठशाला एजुकेसन फाउन्डेसनले नमोबुद्ध नगरपालिकाभित्र रहेका विद्यालयहरुलाई समेटेर मंगलबार आयोजना गरेको हाजिरी जवाफ प्रतियोगितामा स्वयं आयोजक प्रथम हुन सफल भएको छ ।
नमोबुद्ध नगरपालिका शिक्षा तथा खेलकुद शाखाका उपसचिव जनार्दन रिजालको प्रमुख आथित्यतामा भएको प्रतियिोगितामा ग्रामीण पाठशाला प्रथम भएको हो । प्रतियोगितामा आठवटा विद्यालहरुको सहभागी रहेकोमा जनक उच्च मावि र ज्ञानोदय इङलिस बोर्डिङ स्कुल क्रमश द्वितीय र तृतीय भएका छन् ।
प्रथम,द्वितीय र तृतीय स्थान हासिल गर्ने विदालयका विद्यार्थीहरुलाई प्रमुख अतिथिको हातबाट प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि रिजालले यस्ता किसिमका कार्यक्रमहरुको आयोजना हरेक विद्यालहरुले गर्नुपर्ने बताउनुभयो । यसबाट विद्यार्थीहरुको चौतर्फी विकास हुने उहाँको धारणा छ । विद्यार्थीहरुलाई किताबी ज्ञानका साथै बाहिरी क्षेत्रको ज्ञान पनि प्रदान गराउनुपर्नेमा उहाँको जोड थियो ।
विद्यालयका प्रधानाध्यापक विदुर शर्मा भण्डारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भाइराजा श्रेष्ठ,विभिन्न विद्यालयका प्रतिनिधि शिक्षक शिक्षिकाहरुको पनि उपस्थिति थियो ।