• नमोबुद्ध संवाददाता,

काठमाडौं–उद्यमी तथा लेखक कश्यपप्रसाद पौडेलले ‘डायनकी छोरी’ कथा संग्रह बजारमा ल्याउनुभएको छ । यो कृति हालै एक समारोहकाबीच वरिष्ठ पत्रकार तथा सीमाविद् भैरव रिसालले लोकार्पण गर्नुभएको हो ।

लेखक पौड्यालले नेपाली परिवेश, मौलिक भाषालाई कथामा उतारेको बताउनुभयो । उहाँले फरक फरक विषयका २१ वटा कथा फरक परिवेशमा आधारित रहेको उल्लेख गर्नुभयो ।

सिमल बुक पब्लिकेशन्सले प्रकाशन गरेको कथा संग्रहमा २१ फरक क्षेत्रका कथा समेटिएका छन् । पुस्तकको मूल्य ३५० रूपैयाँ रहेको छ ।

लोकार्पण कार्यक्रममा साहित्यकार डा. तुलसी भट्टराई, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल, पूर्व प्रशासक नरेन्द्रराज पौड्याल, नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका अध्यक्ष शान्तराम बिडारी, प्रेस युनियन केन्द्रीय उपाध्यक्ष ईश्वरी ओझा, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष महेश पौड्याल, फोरम फर हेल्थ एण्ड टेक्निकलका महासचिव सुनिल कुमार चालिसे, नागरिक समाज जीवनलाल शर्मा, पौड्याल वंश महासंघका उपाध्यक्ष दिपकप्रसाद पौड्याल र पूर्व सांसद बद्रीप्रसाद खतिवडा, घोष्ट राइटिंग नेपालका अध्यक्ष कमल ढकालले किताब माथि चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा वक्ताहरुले लेखकलाई कथा संग्रह प्रकाशन र निरन्तरताको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !