• नमोबुद्ध संवाददाता,

बनेपा–काभ्रेको बनेपा नगरपालिकाको सातौं नगर सभा मंगलबार सम्पन्न भएको छ । नगर प्रमुख एवं नगर सभाका अध्यक्ष लक्ष्मीनरसिंह वादे श्रेष्ठको अध्यक्षतामा भएको नगर सभाको शुभारम्भ सँगै नगर उपप्रमुख रेखा सापकोटा दाहलले स्वागत मन्तव्य राख्दै नगरपालिकाले चालु आर्थिक वर्षको फागुन ९ गतेसम्म सम्पादित महत्वपूर्ण कार्यक्रमहरूको चर्चा गर्नुभयो ।

सभालाई सम्बोधनको क्रममा प्रमुख श्रेष्ठले बनेपाको वृहत्तर विकासमा हातेमालो गर्ने सबैमा धन्यबाद ज्ञापन गर्नुभयो । विगतको स्थितीबाट छलाङ मार्नेगरी योजनाबद्ध ढंगले विकासका कामह? भईरहेको प्रमुख श्रेष्ठको भनाई थियो ।
सभाध्यक्षको सम्बोधनपश्चात विषयगत समितिका संयोजकहरूबाट क्षेत्रगत प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यसूची बमोजिम आर्थिक विकास समितिका संयोजक सचितानन्द केसी, सामाजिक विकास समितिका संयोजक चन्द्रबहादुर खड्का, वन र विपद् व्यवस्थापन समितिका संयोजक शिवकुमार थापा, सुशासन तथा संस्थागत विकास समितिका संयोजक राम बहादुर कुँवर , वातावरण समितिका संयोजक वर्ण शाक्य र पूर्वाधार विकास समितिका संयोजक श्याम सुन्दर श्रेष्ठले आफ्नो क्षेत्रगत प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सभामा उठेका जिज्ञासा सम्बन्धित समितिका संयोजक एवम सभाध्यक्षबाट सम्बोधन गरिएको थियो । प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीबाट आवश्यक सहजिकरण भएको सभाबाट वातावरण संरक्षण विधेयक स्वीकृत गर्ने साँस्कृतीक संग्राहलय स्थापना गर्ने तथा बाजे बज्यै पार्क निर्माण गर्ने लगायतका विभिन्न प्रस्तावहरू पारित भएका छन् ।

प्रतिक्रिया दिनुहोस !