• नमोबुद्ध संवाददाता,

धुलिखेल–भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति काभ्रेले आफ्नो कार्यालय उद्घाटनका साथ औपचारिक काम थालेको छ ।

धुलिखेलस्थित जिल्ला समन्वय समिति परिसरसँगै कार्यालय खोलेर आयोगको जिल्ला समितिले विहिबारबाट आफ्नो काम शुभारम्भ गरेको हो ।

कार्यालयको पूर्व सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बाँस्कोटाले उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन लगत्तै जिल्लास्थित सरकारी कार्यालयका प्रतिनिधि,स्थानीय सरकारका प्रतिनिधिहरुबीच अभिमुखिकरण कार्यक्रम समेत गरिएको छ ।

कार्यक्रममा पूर्व मन्त्री बाँस्कोटाले आयोगका जिल्ला पदाधिकारी,सदस्यहरुका साथै स्थानीय जनप्रतिनिधिहरुलाई भुमिबारे स्पष्ट हुन आग्रह गर्नुभयो ।

भुमिबारे स्पष्ट बुझाई नभएसम्म सोचेको उपलब्धी हाँसील गर्न नसकिने तर्क गर्दै उहाँले भन्नुभयो–“भूमि उत्पादनको साधन हो,भूमि सुरक्षाको साधन हो ।”

भूमिसम्बन्धी समस्यालाई राजनीतिक दलहरुले फरक फरक हिसावले बुझ्दा समस्या देखिएको उल्लेख गर्दै उहाँले कुनै पूर्वाग्रह नराखी अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले सबै नागरिकलाई भुमिको मालिक बनाउने राज्यको नीति रहेकाले पक्ष विपक्षमा नलागी न्यायपुर्ण काम गर्न स्थानीय सरकार,स्थानीय जनप्रतिनिधि र आयोगलाई निर्देशन समेत दिनुभयो ।

आयोगका जिल्ला अध्यक्ष रामकृष्ण हुमागाँइले सरकारको नीति अनुसार स्थानीय सरकारसँग सहकार्य गरी उपलब्धी हाँसीले गर्ने बताउनुभयो ।

आयोगका विज्ञ सदस्य जेनिश लामाले भूमिहिन तथा अव्यवस्थीत बसोबासीको लगत संकलन,सहजिकरण र प्रमाणिकरणमा सहजताका लागि अब छिट्टै मालपोत,नापी,वन,प्रशासनका प्रतिनिधिका साथै जनप्रतिनिधिहरुलाई सहभागि गराई अभिमुखिकरण कार्यक्रम छिट्टै गर्ने योजना रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाको रोशी,तेमाल र बेथानचोक गाउँपालिकासँग भने सम्झौता भईसकेको छ ।

अभिमुखिकरणमा भूमि सम्बन्धी समस्या समाधान आयोगका बागमती प्रदेश अध्यक्ष केशव देवकोटाले दलित,सुकुम्बासी तथा अव्यवस्थीत बसोबासी जनताले भूमिको लालपुर्जा प्राप्तीका लागि आयोगसँगै स्थानीय जनप्रतिनिधि,मालपोत,वन,नापी र जिल्ला प्रशासन कार्यालयले गर्नुपर्ने कामबारे स्पष्ट पार्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !