• नमोबुद्ध संवाददाता,

कानपुर–काभ्रेको नमोबद्ध नगरपालिका–५ कानपुरमा सोनाम ल्होछार विशेष कार्यक्रम हुने भएको छ । गत वर्ष झैं यो पटक पनि २८५७ औं लाङ ल्हो बृहत सोनाम ल्होछार संस्कृतिक कार्यक्रम यहि फागुन ९ गते गर्ने तयारी भएको ल्होछार कार्यक्रम आयोजक मुल समारोह समितिका संयोजक सिंग बहादुर लामाले जानकारी दिनुभयो । कार्यक्रमको तयारी लगभग अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो–“तामाङ समुदायको मौलिक एवं संस्कृतिक पर्वलाई राष्ट्रिय पर्वको रुपमा मान्दै आएकोमा यस वर्ष पनि कानपुरमा हामीले राष्ट्रिय रुपमा ख्याती प्राप्त कलाकारका साथै स्थानीय लामा गुरु, बोन्बो, ताम्बा, डम्फुरे लगायतको प्रस्तुति सहितको विबिध सांस्कृतिक कार्यक्रमको तयारी पुरा हुदैछ ।”

तामाङ कला र संस्कृतिको जगेर्ना गर्ने उदेश्यले प्रत्येक बर्ष २ दिन मनाउँदै आएको ल्होछार यो बर्ष भने विबिध कारणले १ दिन मात्र मनाउने भएको उहाँले बताउनुभयो । उहाँका अनुसार ९ गते बिहान लामा तथा झांक्रीहरूबाट पूजा पाठ गरी कार्यक्रम सुरू हुनेछ ।

कार्यक्रममा गायक तथा सङंगीतकार निमा दोङ, प्रयास दोङ, हावा लामा, गयिका तथा नायिका सुनिता लुङ्बा, गायक तथा र्यापर उत्तर संगुल संगै वाइएसके ग्रुप, लोक दोहोरी गायक गायिका,स्थानिय कलाकारहरूको समेत बेजोड प्रस्तुति रहने संयोजक लामाले उल्लेख गर्नुभयो ।

कार्यक्रममा आफ्नो प्रस्तुतिका लागि नायिका एलिना रायमाझि,हंस्या कलाकार राजु मास्टर(राजु पौडेल) र बल्छी धूर्बे(मरिचमान श्रेष्ठ) पनि आउने तय भएको उहाँले जनाउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस !