- नमोबुद्ध संवाददाता,
धुलिखेल–काभ्रेको १३ स्थानीय तहमध्ये धुलिखेल नगरपालिका जिल्लाकै पहिलो बालमैत्री नगरपालिका भएको छ । नगरपालिकाको ३५ औं स्थापना दिवस मुल समारोहकाबीच बुधबार परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले धुलिखेललाई बालमैत्री नगरपालिका घोषणा गर्नुभएको हो ।
बालमैत्री स्थानीय शासनको ३९ वटा न्यूनतम सुचकहरु पुरा गरेकोले बालमैत्री नगरपालिका घोषणा गरिएको नगरप्रमुख अशोक कुमार व्यञ्जु श्रेष्ठले बताउनुभयो ।
बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८, कार्यान्वयन कार्यविधि २०६८ तथा बालमैत्री स्थानीय निकाय घोषणा कार्यविधि २०७० अनुसार नगरपालिकामा २०७४ को निर्वाचनद्धारा निर्वाचित आफ्नो नेतृत्वको स्थानीय जनप्रतिनिधिहरूको पहिलो सभाले बालमैत्री नगर घोषणा गर्ने लक्ष्य राखेकोमा अहिले यो लक्ष्य पुरा भएको उहाँको भनाई छ ।
बालबालिकाको विकास,सुरक्षा लगायतमा महत्वपूर्ण उपलब्धी हाँसील गरेको दावी गर्दै नगर प्रमुख व्यञ्जुले भन्नुभयो–“हामीले धमाधम निर्माण गरिरहेका पार्कहरु पनि बालबालिकामैत्री छन्,उनिहरुले यी संरचनाहरु आफु अनुकुल महसुस गर्न सक्दछन् भने हामी यस्ता पार्कहरुको निर्माणमार्फत आन्तरिक पर्यटन प्रवद्र्धनमा केन्द्रित भएको जानकारी पनि गराउन चाहान्छौं ।”
बालमैत्री वातावरण निर्माण गरी बालमैत्री नगर घोषणा गर्ने धुलिखेल नगरपालिका बागमती प्रदेशको तेस्रो तथा नेपालको छैठौं स्थानीय सरकार हो ।