• नमोबुद्ध संवाददाता,

बाैद्ध-काठमाडौंको बौद्ध नयाँबस्तीमा मञ्जुश्री संवत् २८५७ औं लाङ “म्हे”ल्हो वृहत् सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम हुने भएको छ।

नेपाल तामाङ घेदुङ गोकर्णेश्वर नगरपालिका र सेवा फिल्म्स प्रा. लिको सयुक्त आयोजनामा माघ २९ र ३० गते डिम हाउस ईन्टरनेसनल लिमिटेड बाैद्व नयाँबस्ती काठमाडौंको बागमती किनारमा कार्यक्रमको तयारी भएको हो । कार्यक्रममा राष्ट्रिय चर्चित कलाकारहरुको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ ।

२९ गते बेलुका ल्होछार इभ गरि ३० गते “म्हे” ल्हो सोनाम ल्होछारको उद्घाटन तथा ल्होछार विशेष वृहत्
साँस्कृतिक कार्यक्रम गरिने भएको हो ।

“राष्ट्रिय जनगणना २०७८ मा तामाङ जाती,तामाङ भाषा र बौद्ध धर्म लेखौं,कोभिड १९ को महामारिमा सोनाम ल्होछार २८५७ औं घर घरमा मनाऔं”भन्ने मूल नाराका साथ हुने सो कार्यक्रममा विभिन्न व्यवसायी,समाजसेवी ,बुद्धिजीवी लगायतको समेत सहभागीता रहनेछन् ।

जिवा ल्होलाई बिदाइ गरि नयाँ वर्ष “म्हे” ल्होलाई भव्य रुपमा स्वागत गरिने उक्त कार्यक्रममा तामाङको भेषभुषामा सेलो गीत र नृत्य प्रस्तुत हुनेछन् । तामाङ समुदायको संस्कृति प्रवर्द्धनका लागि यो कार्यक्रम लक्षित हुने आयोजकको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !