• नमोबुद्ध संवाददाता,

धुलिखेल–धुलिखेल नगरपालिका वडा नं. ६ को सहयोग तथा परिबर्तनशिल महिला समुहको आयोजनामा धुलिखेल नगरपालिका ६ का घृहिणी महिलाहरुलाई यहाँको कोत्खिल डाँडा भैरब मन्दिर प्राङ्गणमा सामाजिक बिपत ब्यबस्थापन अभ्यास अन्तर्गत घरेलु अग्नि नियन्त्रण सम्बन्धि बिपत व्यवस्थापन प्रयोगात्मक अभ्यास बुधबार सम्पन्न भएको छ ।

नगरप्रमुख अशोक व्यञ्जुद्धारा उद्घाटित कार्यक्रममा आगलागी जस्ता कुनै पनि विपतको सामना,यसमा अपनाउन सकिने मौलिक विधि लगायतबारे पुर्ण अभ्यासमार्फत जानकारी गराईएको थियो । यसबाट गृहणी महिलाहरु लाभान्वित भएका छन् ।

Rescue&awareness16Disaster (RNA16 ) ले प्राबिधिक सहयोग गरेको कार्यक्रममा महिला ४९ र पुरुष ६जना गरी ५५ जनाको सहभागिता थियो ।

कार्यक्रममा प्राबिधिक सहयोगको लागि RNA16 का अरुण सैंजु लगायतका टिम र भैरब नाथ सचेतना केन्द्रका महिलाहरु र अन्य सहभागि समेतलाई समुहकी दयालक्ष्मी श्रेष्ठले धन्यबाद व्यक्त गर्नुभयो ।

श्रेष्ठका अनुसार कार्यक्रममा नेकपा केन्द्रिय सदस्यमा नियुक्त भएका व्यञ्जुलाई समुहका तर्फबाट बधाई ज्ञापन पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !