• नमोबुद्ध संवाददाता,

पोखरीनारायणस्थान–काभ्रेको तेमाल गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को सातौं गाउँसभाले निर्दिष्ट गरेका केहि योजनाहरु संशोधन गरेको छ । शुक्रबार यहाँ सम्पन्न आठौं गाउँसभा(हिउँदे अधिवेशन)ले पालिकादेखि वडा स्तरसम्मका योजना र बजेट संशोधन गरेको हो ।

गत असारमा भएको बर्षे अधिवेशनले पारित गरेका योजनाहरुमध्ये कुनै सम्पन्न गर्न नसकिने स्थिति र कतै नयाँ योजनाहरु प्राथमिकतामा परेकोले पालिका स्तर र वडास्तरका केहि योजनाहरु संशोधन गरिएको पालिका अध्यक्ष सलाम सिं तामाङले बताउनुभयो ।

ति योजनाहरु सडक पुर्वाधार विकासदेखी पुल,खानेपानी,कृषि,पशुपन्छी,स्वास्थ्य पूर्वाधार,वडा कार्यालय भवन,सामुदायिक भवन,खेलकुद,संस्कृति प्रवद्र्धन, महिला क्षमता विकास कार्यक्रम लगायत छन् ।

सभामा पालिका अध्यक्ष तामाङले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमको प्रगति विवरण र उपाध्यक्ष दुर्गामाया तामाङले चालु आर्थिक वर्षको आर्थिक प्रगति प्रतिवेदनका साथै संशोधित योजना तथा बजेट प्रस्तुत गर्नुभएको थियो ।

कुन कुन योजना र बजेट संशोधनमा परे ? निर्णय विवरण हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस !