नेकपा नेता बामदेव गौतमको प्रमुख आतिथ्यतामा उल्लासमय कार्यक्रम

  • नमोबुद्ध संवाददाता,

काठमाडौं–नेपाल तामाङ विद्यार्थी घेदुङले आफ्नो २७ औं स्थापना दिवसमा ‘म्हेदाङ’ मुखपत्र प्रकाशन गरेको छ । राजधानीमा आयोजित औपचारीक कार्यक्रमका बिच नेकपा नेता बामदेव गौतमको बाहुलीबाट ‘म्हेदाङ’को विमोचन गरिएको हो । साथै भव्यताका साथ आफ्नो स्थापना दिवस समेत मनाएको छ ।

ल्होछार,मञ्जुश्री सम्वत् २८५७, लाङ म्हे ल्होको अवसरमा शुभकामना आदनप्रदान तथा साँस्कृतिक प्रस्तुतीसहितको कार्यक्रम निकै उल्लासमय थियो ।

प्रज्ञा भवनमा आयोजित कार्र्यक्रममा नेपाल तामाङ विद्यार्थी घेदुङ संघीय कार्यसमितिका अध्यक्ष दिनेश लोले प्रमुख अतिथि गौतमलार्ई स्वागत स्वरुप पहिचानको प्रतिक तामाङ टोपी लगाईदिनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गौतमले तामाङ समुदायको माग र मुद्धाप्रति आफू सकारात्मक रहेको बताउनुभयो । देशको मुल राजनीतिमा समेत तामाङ विद्यार्र्थीहरुको ठूलो योगदान रहेको गौतमको भनाई थियो । नेपाल राष्ट्र निर्माण र नेपालको सांस्कृतिक जागरणको आन्दोलनमा तामाङ समुदायका महत्वपूर्र्ण भूमिका रहेको गौतमले बताउनुभएको हो ।

विद्यार्थी घेदुङका अध्यक्ष दनेश लोले संस्था स्थापनादेखिका अग्रजहरुको योगदानको सम्झना गराउनुभयो । अध्यक्ष लोले विद्यार्थी घेदुङले गर्ने कार्यक्रम तथा क्रियाकलापले समुदायमा जागरणको तरंग पैदा गराउने गरेको धारणा राख्नुभयो । उहाँले आज पनि राज्यप्रति उत्तिकै ईमान्दार र आफ्ना समुदायको हक हितमा सदैव उत्तरदायी बन्न सम्पूर्र्ण तामाङ विद्यार्र्थीहरुमा आग्रह गर्नुभयो ।

कार्यक्रममा सिन्धुली विद्यार्थी घेदुङका नृत्य टोलीले स्वागत नृृत्य प्रस्तुत गरेको थियो भने मिस तामाङ कार्यक्रम आयोजना गर्दै आएको एभरेष्ट फेसन होमका निर्देशक रन्जिता तामाङ,निर्मला घिसिङ, अन्जु थोकर, म्हेन्दोमाया कलाकार राम गोम्जा, विना घले, लक्ष्मी स्यङ्तान लगायतका कलाकारहरुको सशक्त प्रस्तुती रहेको थियो ।

‘म्हेदाङ’ को नयाँ यात्रा

विद्यार्थी घेदुङको सातौं सम्मेलनबाट निर्वाचित कार्यसमितिले मुखपत्र ‘म्हेदाङ’ नियमित प्रकाशन गर्ने निर्णय गरेको थियो । मुखपत्रको माध्यमबाट तामाङ युवा विद्यार्थीलाई भाषा, धर्म, लिपि, संस्कार, संस्कृति बारेमा जानकारी दिने,घेदुङको गतिविधिहरुबारे समेत प्रकाशमा ल्याउने म्हेदाङको उदेश्य रहेको अध्यक्ष लोले स्पष्ट पार्नुभयो ।

विद्यार्थी घेदुङको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख हैकम घिसिङ कार्यकारी सम्पादक रहेको म्हेदाङको सम्पादन मण्डलमा अष्टमान लो, विशाल तामाङ, क्षितिज तामाङ, जेनज्या तामाङ, सुनिता तामाङ र कमला पाख्रिन रहेका हुनुहुन्छ । संरक्षकमा भने विद्यार्थी घेदुङ अध्यक्ष दिनेश लो तामाङ हुनुहुन्छ ।

 

प्रतिक्रिया दिनुहोस !