माया प्रेम र तिनधारे झरनाको सम्मोहन

  • नमोबुद्ध संवाददाता,

भक्तपुर-तामाङ सेलो गीत संगीतको क्षेत्रमा अर्को कृति थपिने भएको छ । युवा गायक लनम तामाङको तामाङ सेलो ‘लेकाली मैच्याङ’ भिडियोसहित कार्तिक २९ गते शनिबार लक्ष्मी पुजाको शुभ दिन दर्शक स्रोतामाझ आउने भएको हो ।

माउन्टेन मल्टिपल कन्सल्सटेन्सी प्रालि सुर्यविनायक भक्तपुरमा पत्रकार सम्मेलन गरि गीत भिडियोसहित सार्वजनिक गर्ने तयारी भएको गायक तामाङले जानकारी दिनुभयो ।

उहाँकै शब्द र स्वर रहेको गीतमा संगीत गायक सुनिल गिरीको छ भने भिडियोमा तामाङ चलचित्रका चर्चित नायिका सुस्मा मोक्तान ,लक्ष्मन लामा, पुसन लामा,सुरेश लामा लगायतको अभिनय रहेको छ।

अजय स्याङतान निर्देशित भिडियो विक्रम मोक्तानले छायांकन गर्नुभएको हो । भिडियो पछिल्लो समय निकै चर्चित बनेको रोशी ४ स्थित तिनधारे झरना रमणीय दृश्यलाई पृष्ठभूमि पारि छायांकन गरिएको निर्देशक स्यसङतानले जानकारी दिनुभयो ।

गायक लनमका अनुसार ‘लेकाली मैच्याङ’ मार्फत तामाङ परिवेशका साथै माया प्रेम र तिनधारे झरनाको सम्मोहन उजागर हुनेछ ।

प्रतिक्रिया दिनुहोस !