
नमोबुद्ध संवाददाता,
काठमाडौं-तामाङ गीतसंगीतको दुनियामा युवा लगाव बढ्दो छ । मौलिक धारदेखी आधुनिक धारसम्मका गीतहरुमा छाउन थालेका छन् युवा जमात । यसै मध्ये हेरुका लामाको निर्देशनमा निकै मनोरञ्जनपूर्ण तामाङ गीत ‘कान्छीला जवानी’ बजार आएको छ ।
गायक एंव संगीतकार कर्साङ लामा र गायिका जितु लोप्चनको आवाजमा नायक अमिर दोङ अभिनित ‘कान्छीला जवानी’ (रोशी स्योङला तिर २) बोलको गीत बजारमा आएको हो ।
म्हार्मेन मिडियाको अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको गीत सञ्चारकर्मी विवेक लोप्चनको रचना हो । कर्साङ लामाकै संगीत रहेको गीतमा जेम्स जिम्बाले र्याप कम्पोज छ ।
गंगाराम राई र कोष बोम्जनले छायांकन गरेको भिडियोमा हेरुकाको कोरियोग्राफी छ ।
भिडियोमा स्वयं हेरुका,कर्साङ,जेम्स,आकाङक्षा लामा, सुजता तामाङलाई फिचरांकन गरिएको छ ।
भिडियो :