• नमोबुद्ध संवाददाता,

धुलिखेल-काभ्रे क्षेत्र नं. १(ख) बाट निर्वाचित प्रदेशसभा सदस्य(सांसद) चन्द्र लामाले नोवल कोरोना भाइरस कोभिड १९ जित्नुभएको छ । कोरोना पुष्टि भएको १८ औं दिनमा सांसद लामा संक्रमण मुक्त हुनुभएको हो ।

धुलिखेल स्थित प्रादेशिक प्रयोगशाला धुलिखेलमा आइतबार गरीएको उहाँको स्वाब परीक्षणमा नतिजा कोरोना नेगेटिभ देखिएको प्रयोगशालाले स्पष्ट पारेको छ ।

सकारात्मक सोचाई, विश्वास र आवश्यक स्वास्थ्य सावधानीपूर्ण हेरचाहले आफू छिट्टै निको भएको  सांसद एवं नेकपाका युवा नेता लामाले बताउनुभयो ।

आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबै शुभेच्छुक तथा आम जनताप्रति आभार व्यक्त गर्दै उहाँले अब सामान्य रुपमा जनताको सेवामा फर्किने उल्लेख गर्नुभयो ।

गत कार्तिक ५ गतेको परीक्षणमा कोराेना पोजिटिभ आएर सांसद लामा होम आइसोलेसनमा हुनुहुन्थ्यो । सांसद लामाको परिवारका सदस्य र उहाँसंग प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरूको भने कोराेना नेगेटिभ रिपोर्ट देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस !