- नमोबुद्ध संवाददाता,
धुलिखेल-विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरु सम्मिलित गरी “योगदान राष्ट्रका लागि” काभ्रे शाखा गठन गरिएको छ । शुक्रबार सम्पन्न भेलाले सर्वसम्मत रुपमा युवा पत्रकार एवं कलाकार राजाराम गाैतमकाे अध्यक्षतामा २१ सदस्यीय समिति चयन गरेकाे हो ।
उपाध्यक्षमा जीवन पराजुली, सचिव प्रविन सापकाेटा, सह-सचिव ई. कुमार तिमल्सिना, काेषाध्यक्षमा सुवास सापकाेटाले जिम्मेवारी पाउनुभएको छ । समितिका सदस्यहरुमा सुरज श्रेष्ठ, बिपिन खत्रि, यश कुमार परियार, निष्चल हमाल, कुल प्रसाद बजगाई, राजेश तिमल्सिना, सुनिता सापकाेटा, ज्याेति श्रेष्ठ, सुरज सापकाेटा, रवि धिताल, सुरेन्द्र माेक्तान, पुजन धिताल, सनम सुवाल, भक्त दाहाल, राेहित परियार र भुपाल श्रेष्ठ चयन हुनुभएको छ ।
समितिमा कला, सञ्चार,व्यवसाय, सूचना प्रविधि,स्वास्थ्य लगायतका क्षेत्रमा क्रियाशील युवा जोडिएका हुन् । संस्थाले आफ्नो सल्लाहकार समिति समेत गठन गरेको छ । ईन्जिनियर राम कुमार बस्नेत, नेपाल पत्रका महासंघ काभ्रेका पुर्व अध्यक्ष महेश पाैड्याल, युवा व्यवसायी समीर व्याञ्जु श्रेष्ठ सल्लाहकारको रुपमा हुनुहुन्छ ।
योगदान राष्ट्रको लागि संस्थाले विभिन्न ५ मुख्य उदेश्य लिएर जिल्ला शाखा विस्तार गरेकाे संस्थापक अध्यक्ष राजाराम गाैतमले जानकारी दिनुभयो ।
आखिर “योगदान राष्ट्रका लागि” किन ?
१.स्वास्थ्य क्षेत्रमा योगदान गर्ने – प्राथमिक उपचार, सरसफाई, जनचेतना, तालिम तथा सेवा प्रदायक कार्यक्रम गर्न ।
२. दैविप्रकोपमा सहजीकरण गर्न स्वयमसेवकको भुमिका निर्वाह गर्न।
३. आगजनी, बाढी पहिरो, आकस्मिक दुर्घटनाबाट बच्ने उपायको तालिम सन्चालन गर्न।
४. गुणस्तरीय र अतिरिक्त सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरीय एम्बुलेन्स सेवा सन्चालन गर्न।
५. राष्ट्रलाई आइपर्ने महामारी, भबितब्य, आपतकालीन समस्या सङ्ग जुध्न प्रशिक्षित जनशक्ति तयार गर्न ।
संस्थाका केन्द्रीय अध्यक्ष ओम उप्रेतिले राष्ट्र निर्माणमा सकारात्मक भूमिका निर्वाह गर्न “योगदान राष्ट्रका लागि” आवश्यक रहेको बताउनुभयो । काभ्रे शाखामा चयन भएका सबैलाई संस्थाकाे उदेश्य अनुरुप कार्य गर्न सफलताकाे शुभकामना व्यक्त गर्नुभयो ।
त्यस्तै संस्थाका सल्लाहकार ई. राम कुमार बस्नेतले विगतमा संस्थाले तयार परेकाे जनशक्तिले समाजमा सकारात्मक प्रभाव पारेकाे दावी गर्दै काभ्रेमा पनि छिट्टै सकारात्मक परिणाम देखिने विश्वास व्यक्त गर्नुभयो ।