• नमोबुद्ध संवाददाता,

काठमाडौं–नेपाल सरकार अर्थ मन्त्रालयले कोरोना बीमा दाबी गरेका बिमितहरुको रकम ७ दिनभित्र भुक्तानी गर्न निर्देशन दिएको छ । बिमितहरुको पीसीआर परीक्षण प्रतिवेदन पोजिटिभ प्रमाण भएपछि बीमालेख अनुसार दिनुपर्ने रकम सबै बिमितहरुलाई सम्बन्धित बीमा कम्पनीले एक हप्ताभित्र भुक्तानी दिन मन्त्रालयले मंगलबार यस्तो निर्देशन दिएको हो ।

कोरोना संक्रमण देखिएको महिना दिन हुँदा पनि रकम नपाएको गुनासो बढेपछि यसप्रति सरकारको ध्यानाकर्षण भएको हो । बीमा समितिबाट जारी भएका कोरोना बीमा लेख बमोजिमको दाबी गरेका बिमितहरुको बीमांक रकम एक हप्ताभित्र भुक्तानी गर्न भनिएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सहित अर्थमन्त्रालयमा भएको बैठकपछि एक हप्ताभित्र बीमा रकम भुक्तानी गर्ने कार्यको समन्वय र अनुगमन बीमा समितिले गर्नुपर्ने र दाबी भुक्तानीको दैनिक प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउन पनि समितिलाई मन्त्रालयले भनेको छ ।

प्रतिक्रिया दिनुहोस !