
-
नमोबुद्ध संवाददाता,
रोशी–काभ्रेको रोशी गाउँपालिका वडा नम्बर १२ का वडा अध्यक्ष राम मोक्तानमाथी सांघातिक आक्रमण भएको छ । मोक्तान माथी रोशी गाउँपालिका वडा नम्बर १२ का उत्तरध्वज स्याङ्तान, मानध्वज स्याङ्तान, कबिराज स्याङ्तान र घ्याङलेक गाउँपालिका वडा नम्बर ४, सिन्धुलिका ठाइला भन्ने देवराज वाइवा लगायतको समुहले आक्रमण गरेको हो ।
आक्रमणबाट मोक्तानको अनुहार र टाउकोमा गम्भीर चोट लागेको छ ।
रोशी गाउँपालिका वडा नम्बर १२ को घ्याङडाँडामा भएको फुटबल खेलमा दुई पक्षिय युवाहरुको झगडा भएका रोशी गाउँपालिका वडा नमबर १२ का शम्भु वाइवालाई उपचारको लागि मेडिकलसम्म लैजान सहयोगको आग्रह गर्न उक्त समुहका केही ब्यक्ती आएको मोक्तानले बताउनुभयो ।
घाइतेको उपचारका लागि पहल गरिदिन घाइते भएको स्थान तर्फ जाँदै गर्दा युवाहरुले ठुलोभन्ज्याङको एकान्तमा पारेर ज्यान मार्ने उद्देश्यले आफू माथी आक्रमण गरेको वडा अध्यक्ष मोक्तानले बताउनुभयो । उहाँले आफुमाथी शनिबार अपराह्न योजनावद्ध रुपमा आक्रमण भएको दाबी गर्नुभयो ।
दुई समूह बिचको झगडा सामान्य भैसके पनि वडा अध्यक्षलाई बोलाउन आउँदा आफू पनि साथै गएकाले थप अप्रिय घटना हुनबाट बचेको प्रत्यक्षदर्शी मानध्वज लामाले जनाउनुभयो ।