• नमोबुद्ध संवाददाता,

साईप्रस–नेपाल तामाङ घेदुङ साईप्रसको चौथो वार्षिक उत्सव तथा दोस्रो अधिवेशन सफलताका साथ सम्पन्न भएको छ । नोवल कोरोना भाइरस कोभिड १९ को कहरले भर्चुअल अधिवेशन गर्दै आइतबार नयाँ नेतृत्व समेत चयन गर्न सफल भएको हो ।

अधिवेशनले यसअघि महासचिवको जिम्मेवारी सम्हाल्नुभएका लक्ष्मी ब्लोन तामाङलाई अध्यक्षको जिम्मेवारी दिएको छ । वरिष्ठ उपाध्यक्षमा हिरा लामा, उपाध्यक्षमा सुनिला दोङ, सचिवमा मिना लामा, सहसचिवमा निर्मला थिङ, कोषाध्यक्षमा सुनीमाया तामाङ, र सहकोषाध्यक्षमा रन्जना तामाङलाई चयन गरेको छ ।

कार्यसमितिका सदस्यहरुमा क्रमशः राजु वाइबा, रेनू तामाङ, नानु गोले तामाङ, किया लोप्चान, सहारा लोप्चान, संगीता घले तामाङ, सोनाम तामाङ, सिमा लोप्चान, सुस्मिता गोले तामाङ, अन्जु घिसिङ तामाङ, बिपना तामाङ (किन्जङ), सुबास थोकर तामाङ, काजी बोम्जन तामाङ, रोमन घ्लान तामाङ, युबराज मोक्तान तामाङ, राजमान घ्लान तामाङ, सुबास वाईबा तामाङ, मन्जु तामाङ, बसन्ती लामा, निमा लामा, कविता तामाङ, निरू गोले तामाङ, बिना वाईबा निर्वाचित हुनुभएको छ ।

साथै तामाङ घेदुङ साईप्रसले सल्लाहकार समिति समेत बनाएको छ । प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष साङमो थोकर तामाङ रहनुभएको छ भने समितिमा संस्थापक अध्यक्ष नानू गोम्जा (सीता) तामाङ, पूर्व वरिष्ठ उपाध्यक्ष सविता घिसिङ पनि हुनुहुन्छ ।

दोस्रो अधिवेशन तथा चौथो वार्षिकोत्सब कार्यक्रम हुने स्थान समेत तय गरेको भएपनि साईप्रसमा बढ्दो कोभिड १९ महामारीलाई मध्यनजर गरेर भर्चुअल (जुम)बाट कार्यक्रम सम्पन्न गरेको अधिवेशन सभापति साङमो थोकर तामाङले स्पष्ट पार्नुभयो । सभापति थोकरले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिदै आफ्ना कार्यकाललाई सफल बनाउन साथ सहयोग गर्ने सबैमा धन्यबाद व्यक्त गर्नुभयो ।

भर्चुअल अधिवेशनमा नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले तामाङ,नेपाल तामाङ घेदुङका विदेश विभाग प्रमुख टासी लामा, नेपाल तामाङ घेदुङका उपाध्यक्ष कुमार घिसिङ तामाङ, ह्याङला दोलखा तामाङ समाजका अध्यक्ष तथा नेपाल तामाङ घेदुङको केन्द्रिय सदस्य सरोज मोहन मोक्तान,नेपाल तामाङ घेदुङका प्रचारप्रसार विभाग प्रमुख जगतमान तामाङ,अन्तराष्ट्रिय तामाङ परिषदका सहकोषाध्यक्ष नानू गोम्जा तामाङ लगायतले शुभकामना मन्तव्य राख्नुभएको संस्थापक अध्यक्ष नानू गोम्जा तामाङले जानकारी दिनुभयो । अधिवेशन एतिहासीक रुपमा सफल भएको उहाँको भनाई छ ।

“तामाङ जातिको उत्थान,भाषा, धर्म र संस्कृती संवद्र्धन” भन्ने मुल मर्मलाई आत्मसात गर्दै सन् २०१६ अक्टोबर २३ मा नानू गोम्जा तामाङको अध्यक्षतामा साईप्रस घेदुङको स्थापना भएको हो ।

 

प्रतिक्रिया दिनुहोस !