• नमोबुद्ध संवाददाता,

धुलिखेल–दशैंको छेकोमा सार्वजनिक गरिएको नव गायक कान्छा लामा ‘रिदम’को सेलो प्रेम गीत ‘ए नोन हिन्ना’ अहिले चर्चामा छ । यो गीत अहिले स्रोताका साथै टिकटक प्रयोगकर्ताहरुको पनि रोजाई बनेको छ ।

काभ्रेको रोशी गाउँपालिका वडा नं ९ मंगलटारका रिदमलाई स्वरमा गायिका जितु लोप्चनले साथ दिनुभएको छ । दुच्छे म्युजिक क्रिएसनले बजार प्रवद्र्धन गरेको यो गीतको शब्द र संगीत बिशाल काल्तनको हो ।

रिदमले आफ्नो यो तामाङ प्रेम गीत पहिलो सिर्जना रहेको उल्लेख गर्दै गीतको भिडियो छिट्टै छयाङ्कन गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !