-
नमोबुद्ध संवाददाता,
धुलिखेल–गायिका निर्मला घिसिङ र गायक ज्ञान घिसिङ ‘माया त यहि होनी’ साथ दर्शकस्रोतामाझ प्रस्तुत हुनुभएको छ । जिग्मे मिडियाबाट सार्वजनिक यो सांगीतिक कोसेली अहिले चर्चामा छ । भिडियो समेत सार्वजनिक गरिएको यो गीतको रचना र संगीत ज्ञान घिसिङको हो ।
मिथुन लामा र बिशन दोङले निर्देशन गर्नुभएको भिडियोमा बुद्धि तामाङ‘हैट’, निरान्जली लामा, इरान्जली लामा र कुन्साङ तामाङको अभिनय मनोरञ्जनपूर्ण छ । अभिनयमा माहिर ‘हैट’ को यो भिडियोमा नृत्य कौशल पनि गज्जव छ भन्न सकिन्छ । निर्मलाको सुमधुर स्वर र ज्ञानको खुलस्त गायकी लोभलाग्दो छ ।
अमेरिकामा रहेका ज्ञान र जनवादी संगीत धतातलबाट माथि उठ्दै पारम्परिक गायन क्षेत्रमा समेत छाउनुभएका निर्मलाको यो पछिल्लो सांगीतिक सहकार्य हो । गीतको भिडियो छायांकन र सम्पादन पवन सुश्लीङले गर्नुभएको छ ।