• एजेन्सी

काबुल–अमेरिकी गुप्तचर निकाय एफबीआईको मोस्ट वान्टेड व्यक्तिको सूचीमा रहेका अल कायदाका वरिष्ठ नेता अबु मुसिन अल मस्री मारिएका छन् । अफगानिस्तानको राष्ट्रिय सुरक्षा निर्देशनालयले शनिबार राति ट्वीट गर्दै सुरक्षा कारबाहीमा मारिएको जनाएको हो ।

उनीमाथि अमेरिकामा आतंकवादी क्रियाकलापमा संलग्न समूह र संगठनलाई सहयोग गरेको आरोप लाग्दै आएको थियो । घाज्नी प्रान्तमा अल कायदामाथि गरिएको विशेष सुरक्षा कारबाहीमा मारिएको मस्री अल कायदाका दोस्रो नेता भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

मस्री इजिप्टका नागरिक हुन् । हुसाम अब्दुल रौफका नामले समेत चिनिने उनीविरुद्ध अमेरिकाले सन् २०१८ को डिसेम्बरमा पक्राउ पूर्जी जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !