• नमोबुद्ध संवाददाता

काठमाडौं-सरकारले आजदेखि कोरोना भाइरस (कोभिड १९)कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वादेशमा फिर्ता गर्ने भएको छ ।शुक्रबार सरकारले खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (यूएई) र म्यानमारले आफ्नै खर्चमा नेपालीलाई स्वदेश फर्काउँदैछ।

यूएईबाट १ सय ६८ र म्यानमारले २६ जना नेपाली पठाउन लागेको हो । उनीहरू आज काठमाडौं आइपुग्दै छन्। विदेशबाट आएका नेपालीहरुलाई काठमाडौं उपत्यकाका तिनवटै जिल्लामा केहिसमय राख्नका लागि छुट्टाछुट्टै होल्डिङ केन्द्रहरुको व्यवस्था गरिएको छ । उनीलाई विमानस्थलमा कोरोना जाँच गर्न नसकिएमा होल्डिङकेन्द्रमा नै कोरोना जाँच गर्ने भएको छ ।

संक्रमण नभएका व्यक्तिहरुले होटेल क्वारेन्टाइनमा वा आफ्नै घरमा जान चाहेमा प्रदेश सरकार र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको समन्वयमा सवारीसाधनको व्यवस्था गरेर सम्बन्धित प्रदेशमा पु¥याउने भएको नेपाली सेनामा प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बताउनुभयो ।

होल्डिङकेन्द्रमा केहिसमय राखेपछि उनीहरुलाई स्थानिय सरकारलाई जिम्मा लगाउने भएको छ । स्थानिय सरकारको क्वारेन्टाइनमा १४ दिन बसेर पिसिआर परिक्षणको नतिजा नेगेटिभ अर्थात कोरोना संक्रमण नभएको पुष्टि भएपछि मात्र घरमा फर्किन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस !