• नमोबुद्ध संवाददाता

काठमाडौं–नेपालमा एकैदिन थप ११४ जनामा नोभल कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । बुधबार मात्रै विभिन्न जिल्लाका गरि हालसम्मकै धेरै जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८सय ८६ पुगेको छ ।

प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएकाहरु सबै सप्तरीका हुन् ।

यसैगरी कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका १७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।हेटौडामा भएको परीक्षणमा रौतहटका ७ सहित ८ जनामा कोरोना पोजेटिभ देखिएको छ ।पोखरामा भएको परीक्षणमा बागलुङका ४ जनामा पोजेटिभ देखिएको छ । दाङमा भएको परीक्षणमा रुकुम पूर्वका ३, दाङका १५ गरी १८ जनामो पोजेटिभ देखिएको छ ।

भेरी अस्पतालमा भएको परीक्षणमा १६ जना पोजेटिभ देखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनाको पोजेटिभ रिपोर्ट आएको प्रवक्ता डा. देवकोटाले बताउनुभयो ।

उहाँका अनुसार संक्रमण देखिएकामध्ये पुरुष ७ सय ९६ र महिला ९० रहेका छन् । सबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा आइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस !