-
नमोबुद्ध संवाददाता
काठमाडौं–नेपालमा मंगलबार एकै दिन थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका छन् । सुर्खेत, रौतहट, महोत्तरीमा गरि २६ जना थपिएका हुन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एक महिलासहित ८ जना, भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिकामा २⁄२ जना पुरुषमा कोरोना पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ सय १७ जना पुगेको छ ।
वीरेन्द्ररनगर नगरपालिका १ मा १६ वर्षीय किशोर, वडानम्बर २ मा ३२ वर्षीय महिला र ९ वर्षीय बालकसहित २०, ३२ र ३६ वर्षका पुरुष, वडानम्बर ३ मा ४६ वर्षका पुरुष र वडानम्बर ६ मा २६ वर्षका युवकमा कोरोना पुष्टि भएको छ ।यस्तै पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका(८ मा १६ र १७ वर्षीय दुईजना पुरुष र सिम्ता गाउँपालिका–४ मा ३५ र ४९ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
योसँगै सुर्खेतमा सङ्क्रमितको सङ्क्रमितको संख्या १५ पुगेको छ भने कर्णाली प्रदेशमा २३ पुगेको मन्त्रालयले जनाएको छ ।
नयाँ पुष्टि भएका सबै सङ्क्रमित भारतबाट आएका हुन् । त्यस्तै प्रदेश दुईमा मात्रै आजै २६ जना सङ्क्रमित थपिएका छन । रौतहटमा २१ जना र महतेत्तरीमा ५ जना थपिएका छन् ।