-
नमोबुद्ध संवाददाता
काठमाडौं–नेपाल सरकारले मुस्लिम समुदायको पवित्र पर्व इदुल फित्रको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सुरुमा गृहमन्त्रालयले आइतबार सार्वजनिक बिदा घोषण गरेकोमा मुस्लिम आयोगको अनुरोधमा जेठ १२ गते मनाउने भएपछि फेरी एक सूचना जारी गरि सोमबार सार्वजनिक बिदाको घोषणा गरेको हो ।
मुस्लिम समुदायमा यस पर्वमा एकआपसमा बसेर नमाज पढ्ने, ध्यान गर्ने गर्दछ । विश्वमा फैलिएको कोरोना भाइरस (कोभिड १९) नेपालमा पनि पछिल्लो समय संक्रमणदर बढ्दै गएपछि सरकारले लकडाउनलाई थप कडाई गरेको छ । यसैलाई मध्यनजर गरेर मुस्लिम आयोगले भने यने वर्ष मस्जिदमा गएर ५ जना सम्म बसेर नमाज पढ्न पाईने अन्यथा आ–आफ्नै घरमा बसेर ध्यान, पूजापाठ नमाज पढ्न अनुरोध गरेको छ ।