• नमोबुद्ध संवाददाता

काठमाडौं–नेपालमा पछिल्लो दिनमा नोभल कोरोना भाइरस (कोभिड १९)बाट संक्रमितहरुको संख्या बढेको छ । शनिबार बिहान मात्रै विभिन्न जिल्लाका गरि थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समिरकुमार अधिकारीले विज्ञप्तीमार्फत स्पष्ट पार्नुभयो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५सय ४८ पुगेको छ ।

विज्ञप्तीका अनुसार आज बिहान कोरोना संक्रमण पुष्टि हुनेमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको नमुना परिक्षणमा कपिलवस्तु वाण्गंगा नगरपालिकाका ८ जना, सर्लाही गौडैता, कविलासी नगरपालिकाका १३ जना, बारा करैयामाई गाउँपालिकाका १ जना र काठमाडौंका १ जना रहेका छन् ।

त्यसैगरि प्रादेशिक अस्पताल भैरहवामा गरिएको परिक्षणमा रुपन्देहि जिल्ला गैडहवा, रोहिणी गाउँपालिकाका ८ जना र भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला भरतपुरमा गरिएको नमुना परिक्षणमा चितवन भरतपुर ६ का १ जना रहेको छ ।

उनीहरु सबैजनाको स्वास्थ्यस्थिति सामान्य रहेको तथा स्वास्थ्यकर्मीको सम्पर्कमा आइसकेको विज्ञप्तीमा स्पष्ट गरेको छ ।

प्रतिक्रिया दिनुहोस !