-
नमोबुद्ध संवाददाता
धुलिखेल–शिक्षा तथा मानव विकास केन्द्रले अमेरिकी अन्तराष्ट्रिय विकास नियोग युएसएड्को आर्थिक सहयोगमा रमाईलो पढाइ मोवाइल एप संचालनमा ल्याएको छ । प्रारम्भिक कक्षा पढाईसम्बन्धि सो एपमार्फत कक्षा १ देखि ३ सम्मका बालबालिकाहरुको पढाईलाई थप सहयोग पु¥याउन एप संचालनमा ल्याएको शिक्षा तथा मानव विकास केन्द्रका श्रव्यदृश्य शाखाले एक सूचना जारी गरि जनाएको छ ।
सो सूचना अनुसार प्रारम्भिक कक्षाका बालबालिकाहरुका लागि पढाइ रमाईलो बनाउन शिक्षक र अभिभावकहरुले सजिलै प्रयोग गर्न सकिने गरि तयार पारेको श्रव्यदृश्य शाखाको दावी रहेको छ । सो एपमा पाठ्यक्रम विकास केन्द्रद्धारा विकास तथा प्रकाशन गरेका ५६ वटा रोचक कथा कविताहरुलाई नेपाली भाषामा रेर्कड गरि तिनका चित्र पुस्तकहरुका साथ समावेश गरेको छ । साथै १० वटा मातृभाषाहरुमा रेकर्ड गरेका रेडियो सन्देश तथा रेडियो कार्यक्रम समाविष्ट गरेको छ ।
नयाँ सो मोवाइल एप संचालन गर्नका लागि शाखाले ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय ईकाइहरुलाई परिपत्र गरेको छ ।
सूचना हेर्नुहोस ।