• नमोबुद्ध संवाददाता

काठमाडौं–आइतबार दिउसो मात्रै थप १० जनामा नोभल कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको थियो । आजै भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा थप ६ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

अहिले संक्रमण पुष्टि हुनेमा नेपालगन्ज ८ निवासी १६ २१ ३४ वर्षिय पुरुषहरु र ४०, ५५, ६० वर्षिय महिला गरि थप ६ जना रहेका छन् ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।

आइतबार दिउसो   कोरोना संक्रमित पुष्टि हुनेमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पिसिआर परिक्षणमा पर्साका ३६ वर्षिय १ जना पुरुषमा र नेपालगन्जको प्रयोगशालामा ५ जना पुरुष तथा ४ जना महिला गरि ९ जना रहेका छन् । नेपालगन्जमा कोरोना पुष्टि हुनेहरुका ७ देखि ५८ वर्ष उमेरका रहेका छन् ।

अहिले रुपन्देहि, धनगढी, भरतपुरमा एक⁄एक जना,वीरगन्जमा ९ जना, विराटनगरमा ३१ जना र नेपालगन्जमा १ जना गरि ४४ जनाको उपचार भएइरहेका छन् । उपचाररत सबैको स्वास्थ्यस्थिति सामान्य रहेको र आज पुष्टि भएकाहरुलाई पनि नेपालगन्जको कोरोना अस्पतालमा ल्याइदै गरेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !