• नमोबुद्ध संवाददाता

काठमाडौं–आइतबार नेपालमा थप नोभल कोरोना भाइरस (कोभिड १९) संक्रमित भेट्टिएको छ । आज थप १० जनाकोे पिसिआर नमुना परिक्षणमा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले नियमित मिडिया ब्रिफिङमार्फत जानकारी दिनुभयो ।

प्रवक्ता देवकोटाका अनुसार आइतबार कोरोना संक्रमित पुष्टि हुनेमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पिसिआर परिक्षणमा पर्साका ३६ वर्षिय १ जना पुरुषमा र नेपालगन्जको प्रयोगशालामा ५ जना पुरुष तथा ४ जना महिला गरि ९ जना रहेका छन् । नेपालगन्जको प्रयोगशालामा मा कोरोना पुष्टि हुनेहरुका ७ देखि ५८ वर्ष उमेरका रहेका छन् ।

अहिले रुपन्देहि, धनगढी, भरतपुरमा एक⁄एक जना,वीरगन्जमा ९ जना, विराटनगरमा ३१ जना र नेपालगन्जमा १ जना गरि ४४ जनाको उपचार भएइरहेका छन् । उपचाररत सबैको स्वास्थ्यस्थिति सामान्य रहेको र आज पुष्टि भएकाहरुलाई पनि नेपालगन्जको कोरोना अस्पतालमा ल्याइदै गरेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !