• कृतिका घलान

चैत्र २७, काभ्रे– जिल्लाको धुलिखेल नगरपालिकाले लकडाउनका समयमा सम्भाव्य महिला तथा घरेलु हिंसाको न्यूनीकरणका लागि अगाडि बढ्ने भएको छ । बिहिबार धुलिखेल नगरपालिकाको उप प्रमुख तथा नगरपालिकाका न्यायिक समितिका संयोजक बिमला शर्माको अध्यक्षतामा एक बैठक बसी सो निर्णय गरेको धुलिखेल नगरपालिकाका स्वास्थ्य संयोजक सन्दिप केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले महिला तथा घरेलु हिंसा को न्यूनिकरणका लागि नागरिकलाई सुसूचित बनाउन विभिन्न संचारमाध्यमबाट सचेतनात्मक सन्देश दिने , हिंसा पिडितले असुरक्षित भएको भनि अनुरोध गरेमा तथा अत्यावश्यक अवस्था भएमा प्रहरीको समन्वयमा पिडितलाई सम्बन्धित सेवा प्रदायक संस्थासम्म पु¥याउन सहयोगी बन्नेछ ।साथै नगरपालिकाको कुनै पनि ठाउँमा हिंसा भएको पाइएमा नगर स्वास्थ्य शाखाको समन्वयमा तत्कालै वडा सदस्य तथा महिला स्वयंसेविकामार्फत नगरको न्यायिक समिति, नगरपालिकामा वा सम्बन्धित संस्थामा सम्पर्क गर्ने निर्णय भएको हो ।

हिंसा हरेक किसिमको हुन सकिन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार घरेलु हिंसाको रुपहरु विभिन्न किसिमको हुन्छ ।जस्तै भौतिक, मानसिक, मनोवैज्ञानिक, शारीरिक तथा यौनजन्य, धार्मिक आदि । घरेलु हिंसा महिला, बालबालिका, जेष्ठ नागरिक, युवा जो कोहिलाई भएको हुन सकिन्छ ।नेपालमा विशेष गरि महिलाहरु हिंसाको सिकार भएको अध्ययनले देखाउछ । जसले व्यक्तिको शारीरिक, मानसिक, सामाजिक तथा आर्थिक पक्षहरुमा प्रत्यक्ष असर परेको वा पारेको हुन्छ । पारिवारिक माहोलले बालबालिकाहरुमा चौतर्फी असर परेको पाउछौ ।

अहिले विश्व महामारीको रुप लिएको कोरोना भाइरस कोभिड १९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले तेस्रो चरणमा लागू गरेको लकडाउनमा छौ । प्राय मानिसहरु अहिले फूर्सदिलो रहेको पाइन्छ । यसरी लकडाउनका समयमा कोही पनि महिला तथा घरेलु हिंसा भोग्नु नपरोस भनेर तथा ति हिंसाहरुलाई न्यूनिकरण गर्नुपर्ने प्रत्येक स्थानिय तहहरुका लागि एउटा चुनौतीको विषय रहेको अवस्थामा नगरपालिकाले यो कार्य अघि सारेको हो।

बैठकमा नगरपालिकाका उप प्रमुख तथा न्यायिक समितिका संयोजक बिमला शर्मा, नगर स्वास्थ्य शाखाका संयोजक सन्दिप केसी, धुलिखेल अस्पताल ( Hospital based one- stop crisis management centre) ओसिएमसीका प्रमुख डा.सम्झना बस्नेत , नेपाल प्रहरी कार्यालय महिला सेलका सीता श्रेष्ठ, अधिवत्ता जमुना पसहें, लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !