• नमोबुद्ध संवाददाता

चैत्र २५,काभ्रे–जिल्लाको मन्डनदेउपुर नगरपालिकामा बुधबारदेखि दुध भर्न भराउन पाउने भएको छ । नगरपालिकाले नागरिककोे स्वास्थ्य सुरक्षाका लागि लकडाउनलाई सुव्यवस्थित गर्न भनि एकसाता अघिदेखि दुध भर्न भराउनका लागि रोक लगाएको थियो ।

सरकारले कोरोना भाइरस संक्रमणको नियन्त्रण तथा रोकथामका लागि तेस्रो चरणको लकडाउन वैशाख ३ गतेसम्म लागू गरेको भोलिपल्टै मन्डनदेउपुर नगरपालिकाले बुधबार (चैत्र २६)देखि लागू हुने गरि सर्तसहित दुध भर्न भराउन फुकुवा गरेको छ ।

नगरपालिकाले चैत्र १८ गतेदेखि नै नगरपालिकाभित्र दुध भर्न भराउनका लागि रोक लागाएको थियो । चैत्र २१ गतेको नगर विपद व्यवस्थापन समितिको बैठकले पनि सो निर्णयलाई निरन्तरता दिने निर्णय अनुसार सूचना जारी गरिएको थियो ।

तर कृषि तथा पशुपन्छी मन्त्रालयले कृषिजन्य खाद्यवस्तु(जसअन्तर्गत दुध पनि रहेको) को ढुवानीका लागि स्थानिय प्रशासनसंग समन्वय गरि संचालन गर्न सकिने भनेपछि कृषकहरुले दुध भर्न भराउन माग पनि उठाएको थियो ।

नगरपालिकाले आज तयार गरेको सर्तहरु सबै दुग्ध सहकारी, डेरी, तरकारी संकलन केन्द्रहरुमा लागू हुने जनाएको छ ।

के के छन् सर्तहरु हेर्नुहोस

This image has an empty alt attribute; its file name is mand.jpg

मन्डनदेउपुर नगरपालिकामा औषधीजन्य सामाग्री आवश्यकता
मन्डनदेउपुर नगरपालिकामा नगरपालिकाद्धारा संचालनमा रहेको क्वारेन्टाइन, एम्बुलेन्स तथा स्वास्थ्य चौकीहरुमा तत्काल स्वास्थ्य सामाग्रीको आवश्यक भएको भन्दै नगरपालिकाले इच्छुक फर्म वा कम्पनीलाई दर रेट सहित नगरपालिकामा सम्पर्कका लागि आह्वन गरेको नगरपालिकाको प्रशासकिय अधिकृत प्रणराज न्यौपानेले जानकारी दिनुभयो ।

नगरपालिकालाई तत्काल चाहिने सामाग्रीहरुमा पिपिई सेट ( फेरि प्रयोग गर्न मिल्ने , नमिल्ने दुबै सेट) , इन्फ्रारेट थर्मामिटर, सर्जिकल पन्जा, युटिलिटि पन्जा, फेरी प्रगोग गर्न नमिल्ने पन्जा, सर्जिकल मास्क, एन् ९५ मास्क, गाउन (फेरी प्रयोग गर्न नमिल्ने) , हेड कभर र बुट कभर रहेको छ ।

प्रतिक्रिया दिनुहोस !