• नमोबुद्ध संवाददाता

बलिउड अभिनेता इरफान खानको निधन भएको छ। ५३ वर्षीय खानको बुधबार बिहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको हो। उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। खानलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो। उनको निधनको समाचार भारतीय संचारमाध्यमहरुले दिएका छन् भने निर्देशक सुजित सिर्करले ट्वीटमार्फत जनाएको छ ।

भारतीय संचार माध्यम इन्डिया टुडेका अनुसार खान कोलन इन्फेक्सनका कारण मंगलबार सो अस्पतालमा भर्ना भएका थिए । गत शनिबार मात्र उनकी आमाको जयपुरमा निधन भएको थियो । लकडाउनका कारण खान आमाको मृत्युसंस्कारमा पनि जान नपाएको समाचारहरु प्रकाशन गरेको छ ।

जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खान थिएटरबाट सिनेमाबाट आएका थिए। उनको अन्तिम सिनेमा सात महिनाअघि रिलिज भएको अंग्रेजी मिडियम हो। शान्त स्वभावका खानले सलाम बम्बे, मक्बुल, पानसिंङ तोमार, द लञ्च बक्स, पिकु, तलबार, हिन्दी मिडियमजस्ता चर्चित सिनेमामा अभिनय गरेका थिए।

बलिउडमात्र होइन खानले स्लमडग मिलिनियर्स, जुरासिक वर्ल्ड, द अमेजिङ स्पाइडर म्यान र लाइफ अफ पाईजस्ता अन्तर्रा्िष्ट्रय ब्लकबस्टर सिनेमामा काम गरेका थिए।

उनको निधनबाट बलिउडमा मात्र हैन अरु चलचित्र क्षेत्रले पनि धेरै राम्रो कलाकारलाई गुमाएको छ । यसै क्रममा धेरैले यो दुखत समयमा समबेदना प्रकट गरेका छन् केहिलाई हामीले समेट्ने कोसिस गरेका छौ ।

निर्देशक अनुप बराल आफ्नो फेसबुक पेजमा लेखेका छ एउटा थेसपयन एक्टरको महाप्रस्थान । तिम्रा मन छुने स्पोन्टनियस अभिनयको जादु हाम्रो मनमा सदैव रहनेछ । तिमी मेरा लागि एक सिनियर मात्र होइनौ मैले विश्वास गर्ने अभिनय पद्धतिको पायोनियर पनि हो । अलबिदा माई डियर एक्टर ।

निर्देशक दिपेन्द्र लामाले पनि आफ्नो फेसबुक वालमा, भारतीय अभिनेता इरफान खान काठमाडौं आउदाँ नागरिक दैनिकका लागि मैले अन्तर्वार्ता लिने अवसर पाएको थिँए २०६७ कार्तिक २९ गते प्रकाशित अन्तर्वार्ता इरफानको सम्झनामा भन्दै अलविदा लेख्नुभएको छ।

निर्देशक तथा कलाकार दिपाश्री निरौलाले पनि फेसबुकमा राम्रो कलाकार ,राम्रो मान्छे भगवानलाई पनि राम्रो नै चाहिने रहेछ भनेर लेख्नुभएको छ ।

बलिउडका बरिष्ठ कलाकार सलमान खानले इन्स्टाग्राममा लेख्नुभएको छ चलचित्र उद्योग र उसका फ्यानहरुका लागि ठूलो घाटा हो ।विशेषगरि भगवानले परिवारलाई धेरै शक्ति दिउन रेस्ट इन पिस ब्रदर हामी सदैव सम्झीरहनेछौ भनेर लेख्नु भएको छ ।

गायिका नेहा कक्करले आफ्नो इन्स्टाग्राममार्फत यस्तो लेख्नुभएका छ म मेरोे परिवारलाई सबैभन्दा राम्रो र खुशी राख्न खोजिरहेको छु तर आज व्यक्त गर्न मन लाग्यो कि २०२० घृणित रहेछ सुरुदेखि नै नराम्रो मात्रै सुन्नु परेको छ।यहि सालमा धेरैले रोग र भोकबाट ज्यान गुमायो आज फेरि महान् कलाकार गुमायो रिप ।

नायिका प्रियांका चोप्प्रा इन्स्टाग्राममा लेख्नुहुन्छ । विश्वले नै सम्झिने छ रेस्ट इन पिस परिवारलाई समबेदना प्रकट गर्दछु ।

प्रतिक्रिया दिनुहोस !