• नमोबुद्ध संवाददाता

काठमाडौं–वीरगन्जका एक पुरूषमा कोरोना संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले जानकारी दिनुभयो ।यसअघि बुधबार नै एकैदिन तीन जना व्यक्तिमा कोरोनाभाइरस (कोभिड(१९) को संक्रमण देखिएको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो।

तीनमध्ये दुई जना बारा र एक जना वीरगन्जका छन्। स्रोतका अनुसार तीनै जना यसअघि वीरगन्ज (१६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए।

गत आइतबार पनि वीरगन्जका दुई जना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो। तीमध्ये एकजना महानगरका सफाइ गर्ने कर्मचारी हुन्। १६ जना भने उपचारपछि स्वस्थ भएर घर फकेका छन् । सरकारले कोरोना भाइरस (कोभिड १९)को संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि पाँचौ चरणसम्म लकडाउनको अवधि थप गरि बैशाख २५ गतेसम्म लम्बाएको छ ।

प्रतिक्रिया दिनुहोस !