• नमोबुद्ध संवाददाता

काठमाडौं– नोभल कोरोना भाइरस (कोभिड १९)संक्रमण नियन्त्रण तथा रोकथामलाई थप व्यवस्थापन गर्नका लागि ट्रेसिङ र टेस्टिङ कार्यलाई सहजीकरण गर्न स्थानिय तहहरुमा टिम गठन हुने भएको छ । जनस्वास्थ्य अधिकृतको संयोजकत्वमा ३ सदस्यीय टिम हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।

प्रवक्ता देवकोटाका अनुसार यो टिममा प्रयोगशालाको कर्मचारी १ जना, १ जना पारामेडिक्स वा स्टाफ नर्स सदस्य रहनेछन् । गाउँपालिका स्तरमा १ टिम, नगरपालिकामा २ टिम,उपमहानगरपालिकामा ३ टिम र महानगरपालिकामा ५ वटा टिम खटिनेछन् ।

यो टिम गठनमा स्थानिय तहका उपलब्ध कर्मचारीहरुलाई प्राथमिकताका साथ परिचालन गरिनेछ । नपुग भएको खण्डमा जिल्ला स्वास्थ्य कार्यालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा माग गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आह्वान गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस !