• नमोबुद्ध संवाददाता

काठमाडौं–विश्वमा कुल कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएर ८० प्रतिशत भन्दा बढिको निको भइसकेको छ । हालसम्म संक्रमणको पुष्टि भइ उपचारमा राखेकाहरुमध्ये ९ लाख ४० हजार ९७२ जनाको केसमा हेर्दा अहिलेसम्ममा निको हुनेको संख्या ८० प्रतिशत भन्दा बढि रहेको हो ।

हालसम्म विश्वमा २७ लाख २६ हजार ७५९ जनामा संक्रमण देखिएका मध्ये ७ लाख ४९ हजार ८८८ जनाको उपचारपश्चात निको भइसकेको कोरोना भाइरस संक्रमणको बारेमा नियमित तथ्याङ्क अध्यावधिक गर्ने वल्र्डमिटरले यस्तो तथ्याङ्क सार्वजनिक गरेको छ । अझै १७ लाख ८५ हजार भन्दा बढि मानिसहरु तत्कालै संक्रमण भएकाहरु रहेका छन् ।

अहिलेसम्ममा विश्वमा कोभिड १९ का कारण ज्यान गुमाउनेको संख्या एक लाख ९१ हजार ८४ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !