
-
नमोबुद्ध संवाददाता
काठमाडौं–नेपालमा कोरोना भाइरस (कोभिड १९)को संक्रमणदर बढिरहेको छ । पछिल्लो तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार बेलुकासम्ममा कोरोना संक्रमितको संख्या ४५ जना रहेको थियो ।
मन्त्रालयका अनुसार आज कोरोना संक्रमण भएका मानिसहरुको नमुना संकलन गरि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर विधिबाट परिक्षण गरेका थियो । संक्रमितहरु उदयपुरबाट गरेका ५५ वर्षिय महिलामा र जनकपुरका १६ वर्षिय पुरुष रहेका छन् । अहिले उनीहरुको स्वास्थ्यस्थििति सामान्य रहेको मन्त्तालयले जनाएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा.विकास देवकोटाले नियमित प्रुस ब्रिफिङमार्फत जानकारी दिनुभएको हो । कुल संक्रमितमध्ये ९ जनाको उपचारपश्चात निको भएर घर फर्किसकेका छन् । बिहिबार निको भइ घर फर्केकाहरुमा पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने आमाछोरा हुन् । उनीहरुको पाटन अस्पतालबाट उपचारपश्चात निको भएको हो ।