• नमोबुद्ध संवाददाता

काभ्रे–जिल्लाको कर्णाली भनेर चिनिने महाभारत गाउँपालिकाले बुधबार गाउँपालिकाभित्रको बालबालिकासहित ४ सय जनाको काठमाडौं उपत्यका तथा बनेपाबाट उद्दार गरेको छ । लकडाउनका कारण काठमाडौं उपत्यका लगायत बनेपा पनौतीमा अलपत्र परेका मजदुरहरुको ४ वटा बसको व्यवस्था गरि उद्दार गरेको गाउँपालिकाका प्रमुख कान्छालाल जिम्बाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – “ महाभारत गाउँपालिकाको धेरै मानिसहरु काम पढाई लगायत विभिन्न कारणले बनेपा, काठमाडौं उपत्यकामा रहेका छन् । उहाँहरु लकडाउनले गाउँमा फर्किन सक्नु भएन हामीले गाउँपालिका बाहिर रहेकाहरुलाई त्यहि ठाउँमा बस्नका लागि स्थानियतहहरु संग समन्वय गर्छौ भन्दा उनीहरुले गाउँमा नै फर्किन चाहान्छु भन्नुभयो , त्यसैले उहाँहरुलाई गाउँपालिकामा नै फर्काउने व्यवस्था गरेका हौं ।”

जिम्बाले यात्रुहरुलाई आग्रह गर्दैे भन्नुभयो, तपाईहरुले पनि आफ्नो तथा समुदायमा रहेका मानिसहरुको स्वास्थ्यलाई ख्याल गर्नुपर्छ हामीसंग सबैको विवरण रहेको छ त्यसैले गाउँघरका कोरोना सुरक्षित बनाउनु पर्छ । मजदुरहरुलाई बनेपाबाट जाँदा पनि ज्वरो जाँच गरेको थियो भने अनिवार्य रुपमा गाउँपालिकामा रहेको हेल्थ डेक्समा स्वास्थ्य जाँच गर्नुपर्नेछ ।

लामो समयपछि गाउँमा फर्किन पाएको महाभारतका धेरै जनाले सामाजिक सन्जालमार्फत पनि खुशी व्यक्त गरेका छन् । लकडाउनको समय लम्बिदै गएपछि रोगभन्दा भोकले सताउदै गरेको भन्दै मजदुरहरु हिँडेर नै जाने मनस्तिति नै बनाइसकेको अवस्थामा गाउँपालिकाले यस्तो व्यवस्था गरेकामा धेरै नै खुशी लागरेको र विपत्तीमा सरकार भएको महासुस भएको एक यात्रुले बताएका छन् ।

नोभल कोरोना भाइरसविरुद्ध सचेतना

प्रतिक्रिया दिनुहोस !