• नमोबुद्ध संवाददाता

काठमाडौं–त्रिपुरेश्वरको कारागार अस्पतालमा कार्यरत २ जना नर्समा पिसिआर विधिबाट कोरोनाको परिक्षण गर्दा नेगेटिभ आएको छ । मंगलबार परिक्षण गर्दा द्रुतविधि (आरडिटि)बाट कोरोना परिक्षण गरेकोमा पोजिटिभ देखिएको थियो ।

मंगलबार आरडिटि पोजिटिभ देखिएपछि उनीहरुलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा लगिएको थियो । त्यहाँबाट उनीहरुको स्वाब संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना परिक्षण गरेकोमा नेगेटिभ नतिजा आएको टेकु अस्पतालले जनाएको छ ।

नोभल कोरोना भाइरसविरुद्ध सचेतना

प्रतिक्रिया दिनुहोस !