• नमोबुद्ध संवाददाता

काठमाडौं–भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ६ सय ४० पुगेको छ । । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसबाट भारतमा पछिल्लो १ दिनमा ५० जनाको मृत्यु भएको छ ।

अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या पनि १९ हजार नौ सय ८४ पुगेको छ । पछिल्लो १ दिनमा भारतमा संक्रमितको संख्या पनि एक हजार तीन सय ८४ जना नयाँ संक्रमित पुष्टि भएको छ ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म दुई सय ५१ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै गुजरातमा ९०, मध्यप्रदेशमा ७६, दिल्लीमा ४७ जनाको मृत्यु भइसकेको छ । भारतको उत्तर प्रदेशमा संक्रमित हुनेको संख्या एक हजार दुई सय ९४ पुगेको छ भने २० जनाको मृत्यु भएको छ । त्यस्तै बिहारमा एक सय २६ संक्रमित देखिएका छन् भने दुईजनाको मृत्यु भइसकेको छ ।अहिलेसम्म भारतमा ३ हजार ८७० संक्रमित निको भइसकेका छन् ।

नोभल कोरोना भाइरसविरुद्ध सचेतना

प्रतिक्रिया दिनुहोस !