-
नमोबुद्ध संवाददाता
काभ्रे–जिल्लाको विकट क्षेत्रको रुपमा चिनिने महाभारत गाउँपालिकामा लकडाउनका कारण बिच्चली भएकाहरुका लागि गाउँपालिकाले उद्दारका लागि ४ वटा बसको व्यवस्था गरेको छ । कोरोना संक्रमितको संख्या थपेसंगै लकडाउनको अवधि थपिदै जाँदा काठमाडौ उपत्यकामा मजदुरी गरि बसेकाहरु मारमा परेकाले गाउँपालिकाले आफ्नो गाउँपालिकामा फर्किने व्यवस्था मिलाएको गाउँपालिकाका प्रमुख कान्छालाल जिम्बाले जानकारी दिनुभयो ।
उहाँका अनुसार गाउँपालिकामा फर्किनका लागि वडाअध्यक्ष मार्फत नाम टिपाउनु पर्ने व्यवस्था रहेकोमा अहिलेसम्ममा २ सय भन्दा बढि मानिसहरु गाउँ फर्किन चाहेको भनि नाम टिपाएको थियो । सोहि अनुरुप बुधबारका लागि बिहान ३ः३० बजे काठमाडौ उपत्यकाबाट बस छुट्ने तयारी रहेको छ । यसरी फर्किनेहरुको भने अनिवार्य रुपमा गाउँपालिकाको मुख्य नाका बुढाखानीमा रहेको हेल्थ डेक्समा स्वास्थ्य जाँच गर्नु पर्ने प्रमुख जिम्बाले बताउनु भयो ।
साथै आवश्यकताका आधारमा अरु दिनमा फर्किनका गाउँपालिकाले सवारीसाधनको व्यवस्था गर्ने हुदाँ अलपत्र परेका वा मजदुर गरि बसेकाहरु मानिसहरुलाइ वडाअध्यक्ष संग सम्पर्क गरि नाम टिपाउन गाउँपालिकाले आह्वन गरेको छ ।
सम्पर्क नम्बर
कान्छा लाल जिम्वा 9851205710 गा.पा अध्यक्ष
अशोक विष्ट 9851255781 प्र.प्र.अ
कान्छामान जिम्वा 9851102336 वडा न.१ अध्यक्ष
मिनबहादुर वाईबा 9841106127 वडा न.२ अध्यक्ष
ज्ञान बहादुर लामा 9851070127 वडा न३ अध्यक्ष
दिल बहादुर लामा 9851084247 वडा न ४ अध्यक्ष
रबिन मोक्तान 9841997119 वडा न.५ अध्यक्ष
रमेश कुमार लुंगेली 9841193926 वडा न ६ अध्यक्ष
जगत बहादुर भोम्जन 9841422528 वडा न ७ अध्यक्ष
टंक आले 9866294008 वडा न ८ अध्यक्ष
नोभल कोरोना भाइरसविरुद्ध सचेतना