-
नमोबुद्ध संवाददाता
काभ्रे–नेपालमा कोरोना भाइरस(कोभिड १९)बाट संक्रमित हुनेहरुको संख्या ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार मात्रै ११ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको हो ।
संक्रमण पुष्टि भएकाहरु उदयपुर जिल्ला त्रियुगा नगरपालिका ३, भुल्केका एकैदिनमा १२ जनामा संक्रमण पुष्टि भएकाहरुसंग सम्पर्क भएकाहरु रहेका छन् ।हालै एकैठाउँमा १२ जनामा संक्रमण भएपछि उनीहरुको सम्पर्क भएकाहरु २६० जनाको काठमाडौ टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा र अन्य थप ६९ जनाको विराटनगरसिथ्त कोशी अस्पतालमा परिक्षणका लागि नमुना पठाएको थियो ।
ति मध्ये जनस्वास्थ्य प्रयोगशालामा ३ जनामा पोजिटिभ र कोशी अस्पतालमा परिक्षण गरेका मध्ये ८ जनामा कोरोना संक्रमण देखिएपछि थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मंगलबार कोरोना संक्रमण पुष्टि हुनेमा १८,१८,२०,३३,४१,४१,५२,५८ वर्षिय पुरुष,३६ वर्षिय महिला र १ जना यमेर नखुलेको महिला रहेको छन् । उनीहरुलाई थप उपचारका लागि कोशी अस्पतालमा पठाएको छ ।
हालसम्म सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नेपालमा कोरोना संक्रमण पश्चात निको हुनेको संख्या पनि ४ पुगेको छ ।