• नमोबुद्ध संवाददाता

धुलिखेल– काभ्रे जिल्लाको धुलिखेल सामादायिक अस्पतालमा आइतबार गरेको पिसिआरको नतिजा शंकास्पद आएकोमा सोमबार पुन पिसिआर परिक्षण गर्दा नेगेटिभ आएको छ । अस्पतालमा आइतबार १३ जनाको पिसिआर विधिबाट कोरोना भाइरस (कोभिड १९) को परिक्षण गर्दा १२ जनाको नेगेटिभ र १ जनाको शंकास्पद नतिजा आएपछि सोमबार पुन परिक्षण गरेको थियो ।

शंकास्पद नतिजा आएको व्यक्ति रामेछाप जिल्लाको रहेको छ । धुलिखेल अस्पतालमा हालसम्म गरेको पिसिआर विधिबाट कोरोनाको परिक्षणमा सबैबो नतिजा नेगेटिभ नै आएको छ । अस्पतालको प्रयोगशालामा काभ्रे लगायत छिमेकी जिल्लाका मानिसहरुको र टेकुबाट थ्रोड स्वाब संकलन गरि पठाएकाहरुको पनि पिसिआर विधिबाट कोरोनाको संक्रमण छ वा छैन भनेर परिक्षण भइरहेको छ ।

धुलिखेल अस्पतालमा हरेक आइतबार र बुधबार स्वाब संकलन गरि कोरोनाको परिक्षण भइरहेको छ ।

नोभल कोरोना भाइरसविरुद्ध सचेतना

प्रतिक्रिया दिनुहोस !