• नमोबुद्ध संवाददाता

काभ्रे– जिल्लाको सामुदायिक अस्पतालमा आइतबार गरेको कोरोना भाइरस (कोभिड १९)को संक्रमण पत्ता लगाउनका लागि १३ जनाको पिसिआर विधिबाट परिक्षण गरिएकोमा १२ जनाको नेगेटिभ आएको र बाँकी १ जनाको नतिजा शंकास्पद आएपछि पुन परिक्षण भइरहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख तथा जिल्ला कमाण्ड पोष्टका सदस्य सचिब डा नरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।

आइतबार पिसिआर विधिबाट परिक्षण गरेकामध्ये सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकाका २ जना, रामेछाप जिल्लाको १ जना र धुलिखेलको १० जना गरि १३ जना थियो। तिमध्ये कसको रिर्पोट शंकास्पद आएको भन्ने बारे स्पष्ट भएको छैन ।

बाग्मति प्रदेशको सहयोगमा धुलिखेल अस्पतालमा पिसिआर विधिबाट नोभल कोरोना भाइरसको परिक्षण सुरु भएदेखि हालसम्म आइतबार र बुधबार परिक्षण हुने गरेको छ । अस्पतालमा टेकु लगायत छिमेकी जिल्लाबाट आएकाहरुको नमुना पिसिआर विधिबाट परिक्षण भइरहेको छ ।

नोभल कोरोना भाइरसविरुद्ध सचेतना

प्रतिक्रिया दिनुहोस !