
-
नमोबुद्ध संवाददाता
काभ्रे–जिल्लको चौरीदेउराली गाउँपालिकामा अहिलेसम्म काम सिलसिलामा विभिन्न स्थानका मजदुरहरुलाई कुपन प्रणालीमा राहत वितरण गरको छ । तर स्थानियहरुलाई भने अहिलेलाई राहत वितरण नगरेको चौरीदेउराली गाउँपालिकामा प्रमुख दिनानाथ गौतमले जानकारी दिनुभएको छ । गाउँपालिकाका बासिन्दाहरु विशेष गरि खेतीपातीमा नै व्यस्त रहेकोले अहिलेसम्मका लागि खाद्यान्नको कुनै समस्या नरहेको बताउनु भयो ।
उहाँका अनुसार गाउँपालिकामा स्थानियलाई राहत सामाग्री वितरण नगरेपनि गाउँपालिकामा रहेका अन्य विभिन्न जिल्लाका मानिसहरु कामका सिलसिलामा लकडाउनले मारमा परेकोहरुलाई भने एउटा विशेष किसिमको राहत प्याकेज बनाई कुपन प्रणालीमा राहत उपलब्ध गराइरहेको छ । गाउँपालिकामा अन्य ठाउँ कैलाली लगाउतका मानिसहरु १०० भन्दा बढि संख्यामा रहेको छ ।
नेपालमा कोरोना संकमितको संख्या थपेसंगै लकडाउन लम्बीदै जानु तथा लकडाउनको कडाईले गर्दा ति मजदुरीहरु घरमै फर्किने मनस्थिति समेत पाएकोले सकेसम्म सोही स्थानमा बस्ने अवस्थामा बस्न खानाका लागि व्यवस्था गर्ने तथा मजदुरीहरु फर्किन चाहेको खण्डमा ति स्थानिय तहहरुसंग समन्वयको भुमिका खेल्ने तयारी भएको पालिका प्रमुख गौतमको भनाई रहेको छ ।
गाउँपालिकामा लामो समयसम्म लकडाउनमा बस्नुपर्दा सम्भावित खाद्यन्न अभावका बारेमा सर्वेक्षण गर्दा अझै गाउँपालिका बासीहरुलाई केहि महिनासम्म मौज्दात रहेको तथ्याङ्क रहेको छ । तैपनि वडाअध्यक्षहरुका संयोजकत्वमा अतिविपन्न परिवारको पनि लगत संकलनको कार्य भैरहेको पालिका प्रमुख गौतमले स्पष्ट पार्नु भयो ।
स्वास्थ्य तर्फ
चौरीदेउराली गाउँपालिकामा चैत्र महिनामा मात्र विदेशबाट आएकाहरु ७ जनाको आरडिटि परिक्षणको नतिजा नेगेटिभ आएको गाउँपालिकाका स्वास्थ्य संयोजक तेजबहादुर घिसिङले जानकारी दिनुभयो । गाउँपालिकामा आइसोलेसन र क्वारेन्टाईनको तयार, दुई वटा प्रयोगशाला सेवा र १ वटा निजि स्तरबाट संचालित प्रयोगशाला रहेको छ । स्वास्थ्यकर्मीहरुका लागि सामाग्रीको अत्यावश्यक परिपुर्ति भएको, गाउँपालिकामा अहिलेसम्म कसैलाई पनि कोरोनासंग लक्षण नदेखेकोले स्थिति सामान्य तर सबै सजक रहेको स्वास्थ्य शाखाप्रमुख घिसिङको भनाई रहेको छ ।
नोभल कोरोना भाइरसविरुद्ध सचेतना