-
नमोबुद्ध संवाददाता
काभ्रे–जिल्लाको नमोबुद्ध नगरपालिकाको वडा नं ८ को १ जनामा द्रुतविधिबाट कोरोनाको परिक्षण गर्दा पोजिटिभ नतिजा आएको छ । ति महिला ढाँड दुख्ने, ज्वरोको समस्या लिएर वीर अस्पातालमा गएकोमा अस्पतालले ज्वरोको लक्षणका आधारमा आरडिटि किटले कोरोना परिक्षण गर्दा पोजिटिभ नतिजा आएको नमोबुद्ध नगरपालिकाका स्वास्थ्य संयोजक राजु बोगटीले जानकारी दिनुभयो ।
ति महिलाको अहिले पिसिआर विधिबाट कोरोना भाइरसको संक्रमण हो वा होइन भनि परिक्षण भैरहेको छ ।बोगटीका अनुसार ति महिलाकी आमा हालै विदेशबाट आएको जानकारी भएको र कुन देश ,कहिले आएको भन्ने बारे जानकारी भैसकेको छैन ।
अहिले नमोबुद्ध नगरपालिकाका स्वास्थ्य टिम सो महिलाको घरमा सम्पर्क गरिरहेको तथा विस्तृत जानकारी लिने क्रममा रहेको स्वास्थ्य संयोजक बोगटी बताउनु भयो ।
नोभल कोरोना भाइरसविरुद्ध सचेतना