-
नमोबुद्ध संवाददाता
धुलिखेल–काभ्रेको चौरीदेउराली गाउँपालिकाले कोरोना भाइरस (कोभिड १९) का कारण स्थागित रहेको माध्यमिक शिक्षा परिक्षा (एसईई) जुनसुकै समयमा सुरु हुन सकिने भन्दै यसको आवश्यक तयारीको विषयमा छलफल थालेको छ । राष्ट्रिय परिक्षा बोर्डले पायक पर्ने ठाउँमा केन्द्र कायमबारे स्थानिय तहहरुलाई निर्देशन दिएसंगै आइतबार सरोकारवालाहरु संग बसेर एसईईको परिक्षाकेन्द्रको छलफल भएको चौरीदेउराली गाउँपालिकाका प्रमुख दिनानाथ गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार गाउँपालिकामा १२ वटा माध्यमिक विद्यालयहरु रहेका छन् । पहिला गाउँपालिकाको ३ ठाउँमा परिक्षा केन्द्र रहेकोमा सबै विद्यार्थीलाई पायक पर्ने, कोरोनाको जोखिम नहुने लगायतका विषयलाई आधार बनाई थप २ स्थानमा परिक्षा केन्द्र तोक्ने निर्णय भएको छ । थप परिक्षाकेन्द्रहरुमा नाग्रेगगर्चे र माझिफेदालाई किरणोद्धय निमावि र भुमेस्थान देउरालीका विद्यार्थीहरुका लागि सुर्योद्धय प्रावि रहेको छ । तर यो बारे बोर्डले निर्णय दिएपछि परिक्षाकेन्द्रबारे तयारी सुरु हुनेछ ।
आइतबार १२ वटै विद्यालयका प्रधानध्यापकहरु, शिक्षक संघ संगठनका प्रतिनिधिहरु तथा सरोकारवालाहरु बिच संयुक्त बैठक बसेर थप २ स्थानमा परिक्षा केन्द्रको कायम भएको हो । परिक्षार्थीहरुको विषयमा भने गाउँपालिकाले संचारमाध्यमबाट पठनपाठन सहयोगी कार्यक्रम गर्ने विषयमा छलफल भएपनि अहिले नै कुनै पनि निर्णय नभएको गाउँपालिकाका प्रमुख गौतमले स्पष्ट पार्नुभयो । तर एस्ईई परिक्षामा सहभागी हुने विद्यार्थीहरुलाई भने आफ्नो तयारीलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
नोभल कोरोना भाइरसविरुद्ध सचेतना